अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ३ जना सहित सुदूरपश्चिम प्रदेशमा आज ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका बिभिन्न प्रयोगशाला माफर्तत ७ सय ९२ जनाको नमुना परिक्षण गर्दा गोदावरीका ३ जना सहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको नमुना परिक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनगढीका मात्रै १९ जना रहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि गोदावरी र टीकापुर नगरपालिका ३–३ जना, जानकी गाउँपालिकाका ४ जना, र भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका १–१ जना , कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, बेलौरी , शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका १–१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका १–१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना गर्दा डडेल्धुराको अमरगढीका ५ जना, गन्यापधुराका एक र बैतडीको डिलाशैनीका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी दिए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १४५ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ भने अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार १ सय ११ पुगेको छ।