अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ५ जना सहित सुदूरपश्चिम प्रदेशमा आज एकै दिन १२७ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा प्रदेशका बिभिन्न प्रयोगशालावाट १२ सय ६१ जनाको नमुना परीक्षण गर्दा गोदावरीका ५ जना सहित १२७ जना नयाँ संक्रमित थपिएका हुन् ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा थप ८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिकाका मात्र ३६ जना रहेका छन् । त्यसपछि गोदावरीका ५ जना , टीकापुर नगरपालिकाका २५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिकाका १ जना र ठेगाना नखुलेका ४ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिकाका २ जना, शुक्लाफाटा नगरपालिका र ठेगाना नखुलेका १÷१ जना , डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिकाका १ जनामा आज संक्रमण पुष्टि भएको छ ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरीएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा डोटीकै दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका १÷१ जना रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
यसैगरि बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना र अछामको कमलबजारस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ ।