अत्तरिया - धनगढीमा भरखरै सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१९ ’ सिजन दुईको उपाधी अत्तरियाको जनकल्याण सकेण्डरी स्कुलका बिधार्थीहरुले हात पारेका छन् । बिभिन्न बिधालयवाट गएका आफ्ना थप्रै प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस एसईई आइकन तर्फ जनकल्यण सेकेण्डरी स्कुल तेघरीमा अध्यनरत छात्रा अनिता बयानीले प्रथमको उपाधि जितेकी हुन् भने मिस्टर एसईई आइकन तर्फ जनकल्यण स्कुलकै छात्र सन्तोष देउवाले फस्ट रनर अपको उपाधि जितेका हुन् ।
उनिहरुले क्राउन, प्रमाण पत्र र नगद १०÷१० हजार पुरस्कार प्राप्त गरेका छन् । यो संगै उनिहरुले काठमाण्डौको पेन्टागन ईन्टरनेश्नल कलेजमा कक्षा ११ मा जुनसुकै संकायमा छात्रबृती सहित अध्ययन गर्न पाउने भएका छन् । आफ्ना बिधार्थीले उपाधि जितेपछि खुसी ब्यक्त गर्दै जनकल्याण सेकेण्डरी स्कुल तेघरीका प्रिसिपल योगेन्द्र हमालले यो जितले समर्ग बिधालय परिवारमा र बाकि बिधार्थीहरुमा थप उर्जा र हौसला थपेको बताए ।
उनले आफ्नो बिधालयले किताबी ज्ञानलाई मात्रै नभएर बिधार्थीहरुलाई अन्य अतिरिक्त क्रियकलापहरुमा पनि जोड दिइरहेको बताए । ‘हामीले बिधार्थीहरुलाई खाली कितबी कुराहरु मात्रै रटाएर , पढाएर त्यो बिधार्थी भबिष्यमा योग्य बन्दैन , उसले खाली किताबी कुराहरु मात्रै सिक्छ ’उनले भने – ‘तर यस्ता बिधार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरुलाई बाहिर ल्याउन बिभिन्न खालका अतिरिक्त क्रियकलापहरु पनि गर्न जरुरी छ ।’ उनले अभिभावकहरुले पनि आफ्ना नानी बाबुहरुमा रहेको प्रतिभालाई हौसला प्रदान गर्दै त्यसमा थप उर्जा दिन सहयोग गर्दै जानुपर्ने बताए ।
आफ्ना बिधार्थीहरुले उपाधि जितेपछि उनले फेसबुकमा यसो भनेका छन् – यस्तो खालको प्रगति जीवन भरि सधै देख्न र सुन्न पाउ । तेघरी जस्तो ठाउँमा बसि जनकल्याणमा अध्यन गरि धनगढी जस्तो ठाउँमा प्रतिस्पर्धा गरि दुबै बिधामा अब्बल हुन सफल भएकोमा हृदय देखि नै धन्यबाद । हामी अब्बल ,सस्कारी, अनुसासित, मयार्दित ,ज्ञानले भरिपुर्ण हुन सिकाउछौ !! हामी कुनै पनि बिधामा पछि छैनौ चाहे पढाई होस या अतिरिक्त क्रियाकलाप किन नहोस ? अत्तरिया र धनगधी मा हामी प्रथम भयौ यसका लागि फेरि पनि मुरि मुरि धन्यवाद !! । “मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१९” मा मिस्टर एसईई आइकन तर्फ बिक्रम पार्की प्रथम भएका छन् । त्यस्तै मिस एसईई आइकन तर्फ फस्ट रनर अप बेनिसा श्रेष्ठ र सेकेन्ड रनरअफमा क्रमश भृकुटी कठायत र म्याक्स चौधरीले भएका छन् ।
प्लानेट मल्टिमीडिया ईन्टरनेशनल प्राईभेट लिमिटेडको आयोजनामा भएको मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्टमा सुदूरपश्चिम प्रदेशका एसईई दिएर बसेका छात्र र छात्राहरुको सहभागी रहेको थियो । ओम प्यालेसको हलमा भएको कार्यक्रमको व्यवस्थापन धनगढी स्थित मेरो शृङगारले गरेको थियो । निर्णायकमा गायक तथा निर्देशक अराज केशब गिरी, अनिल मिश्र र नारायणी जोशी रहेका थिए ।