अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ७ जना सहित सुदूरपश्चिम प्रदेशमा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अबधिमा १ हजार १ सय १ जनाको परीक्षण गर्दा गोदावरीका ७ जना सहित थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६७ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
उता डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५, नवदुर्गा गाउँपालिका–२, गन्यापधुरा गाउँपालिका–३ र भागेश्वर गाउँपालिका–१ का एकरएक गरी ४ जनामा जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बैतडीको मेलौली गाउँपालिकाका २ जना, शिवनाथ गाउँपालिकाका १ जना र दार्चुलाको दुहुँ गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको भुसालले बताए ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २५५ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढीका ५ पुरुष र २ जना महिला रहेको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
यसैगरि बझाङको अस्पतालमा १ सय ४० जनाको परिक्षण गर्दा १ जनामा कोरानो पुष्टि भएको छ भने अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा ८० जनाको परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ हजार ९ सय १० पुगेको छ ।