अत्तरिया - नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न.६ को वडा कार्यालयको आज शनिबार घटस्थापनाको शुभ अवसर पारेर एक कार्यक्रमका बिच उदघाटन भएको छ । नेपाली काङ्ग्रेस कैलाली नेता एवं नेपाली काङ्ग्रेस क्षेत्र न.४ का सभापति दिनेशराज जोशीले नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिकाका वडा न.६ को वडा कार्यालयको उदघाटन गर्नु भएको हो ।
वडा कार्यालयको उदघाटन गर्दै क्षेत्रीय सभापति दिनेशराज जोशीले कम्युनिस्टहरु देशमा तिनै तहका सरकार चलाउन असफल भैसकेको बताउनु भयो । न त यिनिहरुको कुनै दीर्घकालीन सोच योजना छ न त कुशल शासन नै चलाउने क्षमता छ यिनिहरु जनता माझ उदाङ्गो भैसकेका छन ।
देशमा चाहे बाढीपहिरो होस चाहे कुनै माहामारी होस यिनिहरुलाई जसरी पनि कमाउने धन्दा बनाइरहेको भन्दै कम्युनिस्टहरु भ्रष्टाचारमा लिप्त रहेको बताउनु भयो। देशमा हत्या, हिंसा, बलत्कार दिन प्रतिदिन बढ्दै गएको छ । धेरै टाढा नजाऔं स्थानीय सरकार गौरीगंगा नगरपालिकाले नीति नियम मिच्दै बिना टेन्डर नदिजन्य पदार्थको कार्यकर्ता मार्फत दोहन गरिरहेको छ अब नेपाली काङ्ग्रेस चुप लागेर नबस्ने बताउनु भयो ।
सम्पुर्ण तरुण , नेविसंघ, महिला, दलित आदिवासी जनजाती सबैलाई स्थानीय सरकारमा भैरहेक गलत क्रियाकलापको विरुद्ध एक ढिक्का भएर लाग्न आग्रह गर्नु भएको छ । वडा कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशी,नेपाली काङ्ग्रेसका जिल्ला सदस्यद्वय प्रेमराज ओझा, कमला शर्मा नगर सभापति काशीराम शर्मा, क्षत्रीय सदस्य पुरन सिंह कडायत, नेपाल विद्यार्थी संघ कैलाली जिल्ला कार्यबाहक अध्यक्ष भेष बम, तरुण युवा नेता भरत कुवँर लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा पार्टी कार्यालय सञ्चालनका लागि नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा न.६ का वडा अध्यक्ष कमला शर्माले २० हजार १ सय ५० रुपैयाँ वडा सदस्य टेकबहादुर कुवँरले १५ हजार रुपैयाँ वडा सदस्य रुपलाल रानाले १२ हजार रुपैयाँ , वडा सदस्य मन्सारा भुल र वडा सदस्य गीता चौधरी १०र १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न.६ का वडा सभापति दानबहादुर कुवँर ज्युको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता क्षेत्र न.४ का सभापति दिनेशराज जोशी प्रमुख अतिथी रहनु भएको कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेसका नगर सचिव हेमन्त जोशीले गर्नु भएको थियो भने स्वागत मन्तव्य मिनबहादुर बोगटीले गर्नु भएको थियो ।