अत्तरिया - कैलालीको अत्तरिया बजारमा पछिल्लो दिनहरुमा श्रृखलाबद्ध चोरीका घटनाहरु बढ्दै गएका छन् । चार्डपर्वहरु नजिकिएसंगै बजार क्षेत्रमा रहेका पसलहरुमा रातिको समय दिनप्रतिदिन श्रृखलाबद्ध चोरीका घटनाहरु बढ्दै गएका छन् । पछिल्लो एक हप्ताको अबधिमा मात्रै ३ वटा पसलहरुमा चोरी भएको छ ।
२ वटा किराना पसल र एउटा होटलमा चोरी भएको हो । गए राती अत्तरिया स्थित बरपिपल गल्ली अगाडी रहेको महालक्ष्मी स्टोरमा चोरी भएको छ । रातीको समयमा अज्ञात समुहले किराना पसल भित्र रहेको नगद सहित सामानहरु पनि चोरी भएको हो । पसल भित्र गल्लामा रहेको नगद २५ हजार सहित अन्य किरानाका सामानहरु गरि ५० हजार बराबरको सामानहरु चोरी भएको पसलका संचालन रोशन बरालले जानकारी दिए ।
उनले चोरले पसलको सटरलाई फोडेर गल्लामा भएको नगद सहित अन्य सामानहरु चोरी गरेर भित्र रहेका सबै सामानहरु अत्रपत्र फालेर गएको बताए । उनले २ पटक आफ्नो पसलमा चोरी भैकेको बताए । यसको २ दिन अगाडी मात्रै पाहाड रोडमा रहेको नमादेउ किराना पसलमा चोरि भएको थियो । नमादेउ किराना पसलका संचालन डम्बर ओझाले २९ गते राति पसलको अगाडीको सटरलाई फोटेर गल्लामा रहेको डेढ लाख रुपैया नगद र केही सामान चोरी भएको बताए । उनले रातिको समयमा बजारमा कुनै सुरक्षा ब्यबस्था नहुदा ब्यापारीहरुले दुख पाइरहेको बताए ।
२१ गते राति पाहाड रोडमै रहेको न्यू सत्कार दोहोरी साझाँमा पनि चोरी भएको थियो । अज्ञात समुह भनिएका चोरहरुले होटलको माथिल्लो तलमा रहेको दोहोरी साझाँमा भएका सामानहरु चोरेर लैजानुका साथै अन्य सामानहरुमा तोडफोड गरेको होटलकी संचालिका धना देवी चोखालले बताइन् । उनले ५० हजार बराबरको नोक्सानी भएको बताइन् । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको यस क्षेत्रको प्रमुख ब्यापारीक केन्द अत्तरिया बजारमा दिनदिनै चोरीका घटनाहरु बढ्दा पनि सुरक्षा ब्यबस्था चुस्तदुरुस्त हुन सकेको छैन् ।
अहिले सम्म चोरीमा संग्लग्न कोही पनि पक्राउ परेका छैनन् । जसका कारण अहिले बजार क्षेत्रमा रहेको ब्यापारीहरु त्रसित भएका छन् । यस तर्फ गोदावरी नगरपालिका मौन रहेको छ । अहिले नगरपालिकाले नगरप्रहरी समेत राखेको छ तर ति नगरप्रहरी सबै काम बिहिन रहेका छन् । नगरपालिकाले सुटुक्क नगप्रहरी त राख्यो तर उनीहरुको काम काज के हुने भन्ने बारे नगरपालिकाले कुनै योजना बनाएको देखिदैन । यसरी श्रृखलाबद्ध रुपमा चोरीका घटनाहरु हुदा पनि प्रहरी प्रशासन र स्थानिय सरकारका रुपमा रहेको नगरपालिका पनि मौन रहेको प्रति अत्तरिया उधोग वाणिज्य संघले दुखेसो पोखेको छ ।
प्रदेशको राजधानी घोषणा भैसके पश्चात बजार लगाएत समर्ग नगरपालिकाको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त हुनु पर्ने बेला उल्टै सुरक्षा ब्यबस्था कमजोर हुनुले ब्यापारीहरु निकै त्रसित रहेको अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । गए राती चोरी भएको महालक्ष्मी किराना स्टोरको स्थलगत निरक्षण गर्दै उनले यस अघि उधोग वाणिज्य संघले रातिको समयमा चौकिदार राखेको भएपनि स्थानिय सरकार आएपछि सबै अधिकार नगरपालिकाले लिदा झन सुरक्षा ब्यबस्था कमजोर भएको बताए ।
उनले बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएकाले सबै ब्यापारीहरुलाई चखानो हुन आग्रह गरेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले यस बिषयमा प्रहरी प्रशासन गम्भिर रहेको बताए । उनले कोरोनाका कारण सबै बेरोगजार भएर घरमा बसेको र चार्डपर्व नजिकिदा चोरीका घटनाहरु बढ्दै गएको बताए ।
'हेनुर्स पहिला कुरा त ईलाका प्रहरी कार्यालयमा प्रहरीको जनशक्ति अभाव छ भएका पनि कोरोना संक्रमण भएपछि आईसोलेसनमा रहेका छन्' उनले भने - 'अब अहिले प्रबिधिको युग हो प्रबिधिवाट काम गरौ भन्दा त्यो पनि हामीसित छैन , अब न्युनतम जनशक्तिवाट पनि उच्चतम लाभ लिन सकिने गरि हामीले काम गर्नेछौ ।'
हिजो वाट केही मोटरसाईकल सहित गस्तीमा खटाएको बताउदै उनले अहिले नयाँ प्रहरी प्रमुख डिएसपी भरत चौधरी पनि आइसकेकाले यस बिषयमा योजना बनाइरहेको जानकारी दिए । उता नगरको सुरक्षा योजना के छ भने गोदावरी नगरपालिकावाट बुझ्दा कसैको पनि फोन उठेन ।