कैलाली–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले ६५ औं प्रहरी दिवस मनाएको छ । दिबसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ। संघीय प्रहरी ईकाइ कार्यालय धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यरत २७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट ,प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह,सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदी, सुदूरपश्चिम पृतनापति एवम् उपरथी निर्मल कुमार थापा, सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बलका डिआइजी हरिशंकर बुढाथोकी, कैलालीका प्रमुख जिल्ला अधिकारी लगाएत प्रदेशका बरिष्ट प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पुरस्कृत हुनेमा संघीय ईकाई कार्यालय धनगढीका एसएसपी नल प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनी, अछामका डीएसपी योगेन्द्रसिंह थापा, बैतडीका डिएसपी नारायण प्रसाद अधिकारी, सशस्त्र प्रहरी गुल्म धनगढीका इन्सपेक्टर नरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीका इन्सपेक्टर दिपक पातली, संघीय प्रहरी ईकाई कार्यालय धनगढीका सई जंगबहादुर शाह रहेका छन्।
यस्तै सई मीनबहादुर धामी, जीत बहादुर देउवा, असई रैभानसिंह ऐर, मानमति धामी, प्रहरी हवल्दार सिद्धराज विष्ट, नन्दराम कठायत, अम्मरराम लुहार, हिराकुमारी उपाध्याय, जनक कुमार बोगटी, शान्ति पौडेल, तर्कराज पाण्डे पनि पुरस्कृत भएका छन्।
यस्तै जवानहरु भरतबहादुर विष्ट, धनबहादुर चन्द, भरत विक, अर्जुन विक, महादेव सिंह कार्की, विरेन्द्र सिंह धामी, जितेन्द्र साहु पुरस्कृत भए। यस्तै सई केशव जोशीलाई प्रशंसा पत्र प्रदान गरिएको छ। कार्यक्रममा राष्ट्रका लागि बलिदान दिएका अमर प्रहरीका परिवारलाई कदर पत्र प्रदान गरिएको थियो।