अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको पहिलो बार्षिक उत्सव भब्यताका साथ सम्मन्न भएको छ । विहिबार एक भव्य कार्यक्रमका बिच रेडियोको पहिलो बार्षिक उत्सब सम्पन्न भएको हो ।
रेडियो प्रदेश सेभेनका प्रबन्ध निर्देशक सेर बहादुर शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा नेपाली काङ्ेशग्रेस सुदूरपश्चिम ससंदिय दलका नेता डा. रण बहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल र गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस सुदूरपश्चिम ससंदिय दलका नेता डा. रण बहादुर रावलले कारोना भाइरस नियन्त्रणको लागि आफ्नो क्षेत्रमा गरिने सावधानिहरुमा विषेस ध्यान पुर्याउनु पर्ने,बाहिर बाट आएपछि हात धुने,फोहोर कपडा पनि सफाँ गर्ने,सेनिटाइजरको प्रयोग लगाएतका सावधानी अपनाउनु पर्ने उनले बताए ।
यस्तै कृष्णपुर नगरपालिका कञ्चंनपुरका नगर प्रमुख कर्ण बहादुर हमालले गलत समाचार प्रकाशन प्रशारणले द्धन्द सृजना गर्ने,भन्न खोजेको एउटा र त्यसकोे अर्थ अर्को लाग्ने भएकोले समाचार पुर्वाग्रहका आधारमा भन्दा सत्य तत्थ्यमा आधारित हुनु पर्ने बताए । गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडाएतले सचांर माध्यम निस्पक्ष हुनु पर्ने बताइन् ।
सचांर माध्यममा प्रशारण,प्रकाशन हुने समाचारको सम्बन्धित निकायको पक्षमा हुनु पर्ने बताउदै रेडियो प्रदेश सेभेनका कार्यक्रम प्रस्तोता वाल कलाकारको गाउँने कला र डोडेली भाषामा प्रशारण हुने कार्यक्रमको उच्च प्रशुसां गरिन् । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीका सल्लाहाकार शिव ओलीले रेडियो प्रदेश सेभेनको कार्यक्रम प्रदेश बहस मार्फत देशलाई जोड्ने गरेको काम बताए ।
सुदुरपश्चिमका समस्याहरु राष्ट्रिय स्थरमा पुगाइ राष्ट्रिय स्तरको ध्यान आर्कषण गराइरहेको बताए । सचांर माध्यमहरुको विस्वसनियता घट्दै गइरहेकोले सचांर माध्यमले गुणस्थरीयतामा विषेस ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए । यसैगरि कार्यक्रममा नगरपालिका सघं सुदुर पश्चिमका प्रदेशका प्रबन्धक झङ्कर बहादुर कुवरले सञ्चांर माध्यमले दिने सकारात्मक सुचनाले विषेश महत्व राख्ने बताए ।सचांर माध्यमलाई होटल सगं तुलना गर्ने हो भने होटलले दिने सेवा,सुविधा र स्वागत सत्कारमा भर पर्ने भएकोले विस्वसयिताको लागि सचांर माध्यमहरुले पनि विषेश ध्यान दिनु पर्ने कुरामा विषेस जोड दिए । कार्यक्रममा रेडियो प्रदेश सेभेनका प्रबन्ध निर्देशक शेर शहादुर शाहले रेडियोले एक बर्ष सम्म गरेका प्रगति बिबरण र आगामी कार्ययोजनाका बारेमा सहभागी सबैलाई जानकारी गराएका थिए ।
उनले अहिले सम्म सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्दे रेडियोले प्रशारण क्षमता बढांउदै लगिरहेको र आगामी दिनमा रेडियोले आफ्नै भवन निर्माण लगाएतका थुप्रै योजनाहरु सुनाउँदै कार्यक्रमको समापन गरे । कार्यक्रममा रेडियाका पूर्व कर्मचारी सहित रेडिका निममित श्रोता र स्थापना काल देखि रेडियोलाई सहयोग गर्नेहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।साथै अत्तरियाका कृयशिल पत्रकारका रुपमा अत्तरियामा रहेको गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले सम्मान पत्र सहित सम्मान गरिएको थियो । रेडियो प्रदेश सेभेनका स्टेशन म्यानेजर बिष्णु भट्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन प्रेमराज पाठकले गरेका थिए ।