अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ९ जना सहित आज सुदूरपश्चिम प्रदेशमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको बिभिन्न ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरीका ९ जना सहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ७२ जनाको परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका ५६, कञ्चनपुरका ११ तथा डडेल्धुरा र डोटीका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
जसमा धनगढी उप–महानगरपालिकाका मात्रै ३२ जना रहेका छन् । त्यसपछि गोदावरी नगरपालिकाका ९ जना, लम्किचुहा नगरपालिकाका १२ जना, घोडाघोडी नगरपालिकाका २ जना र ठेगाना नखुलेका एक जना रहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका का ५ जना, लालझाडी गाउँपालिकाका ३ जना र पुनर्वास नगरपालिकाका २र२ जनामा, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका एक÷एक जनामा संक्रमण देखिएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १ र डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का १÷१ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ४० जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना र जोरायल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले बताए । यसैगरि डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ४२ जनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा डोटीको दिपायल सिलगढी नगरपालिकाका १२ जना, बोगटान फुडशिल गाउँपालिका ५ जना रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ३८ पुगेको छ भने ७ हजार १ सय ८९ जना निको भई डिस्चार्ज भएका छन् ।