अत्तरिया - कैलालीको गोदावरी नगरपालिका अन्र्तगत गेटा बजार छड्के अनुगमन गरिएको छ । गोदावरी नगरपालिका उप प्रमुख एबम् उपभोक्ता हित संरक्षण समितीका संयोजक रत्ना कडायत , पशु शाखाका नायब सेवा प्राबिधिक टेक बहादुर शाहु सहितको टोलीले आज गेटा बजारमा रहेका बिभिन्न किराना तथा मासु पसलहरुमा छड्के अनुगमन गरेको हो ।

गेटामा रहेको १७ वटा किराना र ४ वटा मासु पसलहरुमा अनुगमन गरिएको नायब सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए । उनले अनुगमनका क्रममा किराना पसलहरु संम्बधित ठाउँमा दर्ता नभएको अर्थात स्विकृत नलिएर संचालन गरेको , म्याद गुजे्रको , कुनै पनि पसलहरुमा मूल्य सुचिहरु नराखिएको , खाध्य तथा अखाध्य बस्तुहरु एउटै ठाउँमा राखिएको र मासु पसलहरुमा सरससफाई नभएको , मासु काट्न प्रयोग हुने औजारहरु पुराना खिया लाग्ने फलामी औजारहरु रहेको पाइएको बताए ।
उनले पहिलो पटक सम्झाई बुझाई चेताबनी स्वरुप छोडिएको र ति पसलहरुमा फेरि पनि अनुगमन गर्दा पुन गल्ती दोहोरेको पाइएमा कारबाही गरिने बताए । कोरोनाका कारण लामो समयदेखी बन्द रहेका बजारहरु बिस्तारै खुल्न थालेको र चार्डपर्वमा सामानहरुको किनबेच बढी हुने भएकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनगर बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमन सुरु गरिएको उनले बताए ।
अनुगमन पछि छोटो प्रतिकृया दिदै गोदावरी नगरपालिका उप प्रमुख एबम् उपभोक्ता हित संरक्षण समितीका संयोजक रत्ना कडायतले नगरपालिकावाट नियमित अनुगमन गर्ने योजना बनाएपनि बिबिध कारणले हुन नसकेको बताइन् ।
उनले कोरोना कहरका कारण लामो समयदेखी पसल बन्द हुदाँ समस्यामा रहेका ब्यापारीहरुलाई यो बेला सुझाव सल्लाह सहित आफु पनि ताजा खाने कुराहरु प्रयोग गरौ र आम उपभोक्ताहरुलाई पनि ताजा खानेकुराहरु बिक्रि बितरण गरौ भन्ने सन्देश सहित बजारमा छड्के अनुगमन गरिएको बताइन् ।
'हामीले अनुगमनका गर्दा ब्यापारीहरुका थुप्रै कमीकमजोरीहरु देख्यौ , जस्तै अहिले कोरोनाको महामारी छ , मुखमा मास्क छैन , हातमा ग्लबसहरु छैन , आफ्नो पसलवाट निस्किएको फोहोराहरु सडकमा ल्याएर जतातै फल्ने गरिएको छ' उनले भनिन् - 'यि यस्ता यावतकमी कमजोरीहरुलाई सुधार गर्न सबै ब्यबसायीहरुलाई सुझाव दिएका छौ ।'
चार्डपर्वको बेला मात्रै अनुगमन हुन्छ भन्ने नभई अन्य समयमा अनुगमन गरिने ति गल्तीहरु फेरि पनि भेटिएमा कानुन अनुसार कारबाही गरिने उनको भनाई छ ।
अनुगनममा गोदावरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष कर्ण सिंह बोहरा , उधोग बाणिज्य संघका सदस्य मिना देउवा , गेटा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक जोगि सिं साउँद , पत्रकार लगाएतको सहभागिता रहेको थियो । यस अघि गएको बिहिवार अत्तरिया बजारमा पनि अनुगमन गरिएको थियो ।