अत्तरिया - सुदूरपश्चिममा आज थप ८१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका बिभिन्न ४ वटा प्रयोगशालामा ७ सय ९५ जनाको कोरोना परिक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ४८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । जसका धनगढीका मात्रै २६ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार लम्किचुहा नगरपालिका–३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका १ र १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी महाकाली नगरपालिका–२, पुर्नरवास नगरपालिका–१ र भीमदत्त नगरपालिका–१८ का २ जनामा भाइरसको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यसैगरि दार्चुलाको नौगाढ गाउँपालिका–२ र डडेल्धुराको अजयमेरु गाउँपालिका– १ का १ र १ जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ । उता डडेल्धुरा अस्पताल प्रयोगशालामा ३६ जनाको कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा परशुराम नगरपालिकाका १७ जना र नवदुर्गा गाउँपालिकाका २ जना रहेको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए । यस्तै डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घन्टामा ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेहरुमा डोटीको आर्दश गउँपालीकाका १२ जना , सायल र केआइसींहका एक र एक जना रहेका छन् । यसैगरि बझाङको अस्पतालमा ९० जनाको स्वाव परिक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि छ ।
उनीहरु सबै साईपाल गााउँपालिकाका रहेका छन् । यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ८ हजार २ सय ६३ पुगेको छ ।