अत्तरिया - कैलालीको अत्तरीया देखि फल्टुडे सम्मको सडक भासिएको तीन महिना सम्म पनि मर्मत हुन सकेको छैन् । भिमदत्त राजमार्ग अन्तर्गत पर्ने उक्त सडक बर्षातको समयमा सडक नै अबरुद्ध हुने गरि भासिएको सडक मर्मत बर्षात सकिदा पनि मर्मत हुन नसकेको हो ।
जसका कारण अहिले सो सडकमा आवतजावत गर्ने साना सवारी देखी ठूला मालबाहक सवारी साधनहरुलाई आवतजावतमा निकै समस्या भैरहेको छ । एक तिर सवारी साधनहरुको आवतजावतमा कठिनाई भैरहेको र भने अर्को तिर कति बेला के हुन्छ भन्ने दुर्घटनाको पनि जोखिम बढेको अत्तरियावाट पहाड तर्फ जादै गरेका जिप चालक पदमराज जोशीले बताए ।
उनले बर्षौदेखी मर्मत सम्भार हुन साघुरो सडक त्यसैमा पनि भासिएर लथालिङ अबस्थामा रहदा सावरी साधन चालउन पनि निकै समस्या भैरहेको बताए । उनले यस तर्फ कुनै निकायले चासो नदिनु दुखद रहेको बताए ।
सुदूरपश्चिम प्रदेशमा ७ वटा पहाडी जिल्लालाई जोड्ने सो सडकमा गोदावरी देखि तीन किलोमिटर माथि डेढ मिटर सडक पुरा भासिएको छ भने केही स्थानमा पर्खालहरुमा क्षति पुगेको छ । साउनमा परेको भारी वर्षा पछि आएको पहिरोले सडकमा क्षति पुगेको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरोका कारण अवरुद्ध सडकलाई तत्काल खुलाएर संचालनमा ल्याए पनि सडक मर्मत भने गरेको छैन। भत्किएको सडकमा तत्काल माटो भरान गरेर एउटा मात्र सवारी साधन चल्ने व्यवस्था गरिए पनि मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउछन्।
सडकका ठाउँ–ठाउँमा परेका चिरा र खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम अर्का चालक भीमबहादुर साउदले रहेको बताए ।
चाडपर्वको समयमा यातायातको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम उच्च छ । सो सडक एकै ठाँउमा मात्र भासिएको नभएर ठाँउ–ठाउँमा भासिएको र थुप्रै ठाउँमा खाल्डाखुल्डी परेका छन् । कैलाली, कञ्चनपुर, काठमाडौं तथा भारत लगायतका ठाउँबाट दशैं तिहार मनाउन घर फर्कने सुदूरपश्चिमबासीहरु सोही सडकमा यात्रा गर्दछन् ।
उता सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चालु आर्थिक वर्षमा सो सडक मर्मतका लागि कुनै कार्यक्रम नभएको जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण दत्त जोशीले भने ‘हामीले सो सडक मर्मतका लागि लागत स्टिमेट तयारी गरी बजेट माग गरेका छौं ।
संघीय सरकारले बजेट उपलब्ध गराएपछिमात्र मर्मत कार्य अघि बढ्छ । जोशीका अनुसारसो सडक मर्मत गर्नका लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ।