अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको तबल भुक्तानी गर्ने सहमती भएको छ । आईतबार गोदावरी नगरपालिकामा बसेको शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री सहित संस्थागत विद्यालय शिक्षक युनियन इस्टुका पदाधिकारी , प्याब्सन, एनप्याब्सन, निजी विद्यालय सञ्चालक तथा सरोकारवालाहरुको बिच भएको भएको छलफलमा तलब भुक्तानीका लागि पहल गर्ने सहमती भएको हो ।
इस्टु गोदावरीका अध्यक्ष मिन मल्लका अनुसार उक्त छलफलवाट संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई २०७६ चैत मसान्त सम्मको सम्पूर्ण तलव भत्ता यथासिघ्र भुक्तानी गर्नको लागि प्याब्सन, एनप्याब्सन मार्फत सम्पुर्ण विद्यालयलाई जानकारी गराउने सहमती गरेको छ ।
पहिलो चरणमा संस्थागत विद्यालयमा कार्यरत धेरै शिक्षकहरुले गत बर्ष चैत मसान्त सम्मकै तलब नपाएकाले उक्त तलब तत्काल भुक्तानी गर्नका लागि पहल गर्ने सहमती भएको उनले बताए । त्यस्तै बैठकले संस्थागत विद्यालयमा शिक्षक छनोट गर्दा आवश्यक कार्यविधि अपनाई अनिवार्य रुपमा शिक्षकलाई नियुक्ती पत्र दिन निर्देशन दिएको छ ।
इस्टुमा आवद्ध शिक्षकहरुले लामो समय सम्म पारश्रमिक नपाउँदा मारमा परेको भन्दै विगत लामो समयदेखि आन्दोलित बनेका छन । इस्टुका अध्यक्ष मल्लले तत्काललका लागि २ बुदे सहमती भएपनि आन्दोलनका कार्यक्रम भने जारी नै राखे बताए ।
चैत्र सम्मको नपाएको शिक्षकहरुको तलब भुक्तानी गर्ने र अनिवार्य नियुक्ती पत्र दिने सहमती भएको भएपनि आफ्ना अन्य मागहरु अहिले पनि सम्बोधन नभएकाले आन्दोलनका कार्यक्रम भने नरोकिने उनले बताए ।
इस्टुमा आवद्ध शिक्षकहरुले २०७६ चैतसम्मको तलब तथा अन्य सबै भत्ताहरु नदिएका संस्थागत विद्यालयहरुले ६ दिनभित्र अनिवार्य तलब भत्ता दिनुपर्ने, २०७७ असोजको चौथो साता सम्ममा २०७७ असार सम्मको खाईपाई आएको सम्पुर्ण तलब भत्ता अनिवार्य भुक्तानी गरिनुपर्ने, कार्तिकको पहिलो साता सम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडवाड खर्च अनिवार्य भुक्तानी गरिनुपर्ने तथा नसक्ने विद्यालयहरुको हकमा शिक्षक कर्मचारीहरुको सम्पुर्ण तलब रकम सरकारल बेहोरी शिक्षक कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकिकरणमा लाग्नुपर्ने, निष्काशन गरिएका शिक्षक कर्मचारीहरुलाई तत्काल पुर्नवहाली गरी तलब भत्ता भुक्तानी गरिनुपर्ने लगायतका मागहरु राख्दै संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले देशव्यापि रुपमा आन्दोलन गरिरहेको छ ।