अत्तरिया- नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । संघले ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियान अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा कार्यक्रमको आयोजना गरि २० बिपन्न परिवारका छोराछोरीलाई सामाग्री वितरण गरेको हो ।
अभियान अन्तर्गत आईतबार गोदावरी नगरपालिका वडा नम्बर ४ भित्र रहेका २० बिपन्न परिवारका छोराछोरीलाई पाठ्यसामग्री बितरण गरिएको अभियानका संयोजक पदम ओझाले बताए ।
उनले यो अभियानले गोदावरी नगरपालिकाका वडाहरुमा वडा स्तरिय युवा वहस, भ्रष्ट्राचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्ररणात्मक कार्यक्रम सहित वडामा रहेका बिपन्न परिवारका छोराछोरीलाई पाठ्यक्रम सामाग्री सहयोग गर्ने लगायतका कार्यक्रम रहेको उनले बताए ।
नेविसंघ क्षेत्र नं। ४ का क्षेत्रिय सभापति गणेश शाहको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वडा नम्बर ४ का वडासभापति प्रेम कडायत रहेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरत कार्की, टिकादत्त जोशी, फणिन्द्र भण्डारी, हेम प्रकाश मल्ल, गोरख खड्का, पदम बलायर, कांग्रेस नेत्री कुन्ती जोशी, नेविसंघका नेता जगत राम महरा, देव राज ओझा, बिष्णु बडैला, दिपक ओझा लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी नेता डन्डीराज जोशीले गरेका थिए ।