अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका १ जना सहित सुदूरपश्चिम प्रदेशका आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालमामा पछिल्लो २४ घण्टामा ५ सय २२ नमुना परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ । जसमा कैलालीको धनगढी उपमहानगरपालिकाको ३२ जना , गोदावरीका १ जना , बर्दगोरिया गाउँपालिकाका २ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ बताए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ । भने, दार्चुलाको स्थानीय तह नखुलेको एक जनामा समेत कोरोना संक्रमण भेटिएको छ ।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४१ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिनुभएका जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एक जना र केआई सिह गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
उता जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरीएको परीक्षणमा गरीएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक सहित ५ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ५१ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ६ सय ८८ जनाले कोरोना जितेका छन ।