काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६८ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ६८ लाख २ हजार ७०८ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७६ लाख ६२ हजार ७ सय ९८ पुगेको छ। त्यस्तै भारतमा ६९ लाख ६ हजार १ सय ५१, ब्राजिलमा ५० लाख ५५ हजार ८ सय ८८ र रुसमा १२ लाख ६५ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ६७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १० लाख ६७ हजार ६० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख १३ हजार ७ सय ३९, ब्राजिलमा १ लाख ४९ हजार ६ सय ३९, मेक्सीकोमा ८३ हजार ४ सय ९७, बेलायतमा ४२ हजार ७ सय ६९, इटालीमा ३६ हजार १ सय ११ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ५५ लाख ७७ हजार ७ सय ३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २ हजार ८ सय ५४, अमेरिकामा ३० लाख ३९ हजार ८९, रुसमा १० लाख ५ हजार १ सय ९९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ६ सय ७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् भने ६ सय जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६९ लाख ६ हजार १ सय ५१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ६ हजार ४ सय ९० पुगेको छ। भारतमा हालसम्म ५९ लाख ६ हजार ६९जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १८ हजार २ सय ६६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३ हजार ६२ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७५ हजार ८ सय ७० पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ८९ हजार ९ सय १२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ६ सय ९३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ५८ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ८ सय ८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ६ सय ५४ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ४ हजार ५ सय २३ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ९६ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३०४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २५५ छ।