अत्तरिया - सुदूरपश्चिमका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत साउन ४ गतेको निर्णय अनुसार कैलालीका ४ र कञ्चनपुरका ६ सहित सुदूरपश्चिमका ४४ वटा स्वास्थ्य चौकीको स्तरोन्नति स्तरोन्नति गरिने भएको हो ।
यसैगगरि डडेल्धुरामा दुई , डोटीका ६, बैतडीका ६ , अछाममा ४, बाजुराका ७ , दार्चुलामा ५ , बझाङमा ४ स्वास्थ्य चौकी परेका छन् । जसमा १५ शैया अस्पताल निर्माणका लागि कैलालीको लम्कीचुहा नगरपालिकाको चुहा स्वास्थ्य चौकी, बर्दगोरीया गाउँपालिकाको दोदोधरा स्वास्थ्य चौकी, घोडाघोडी नगरपालिकाको साँढेपानी स्वास्थ्य चौकी र १० शैया अस्पताल निर्माणका लागि मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकी परेका छन् ।
यसैगरि १५ शैयाका लागि कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी स्वास्थ्य चौकी, कृष्णपुर स्वास्थ्य चौकी र विचुवा स्वास्थ्य चौकी, माहाकालीको दोधारा–चाँदनी स्वास्थ्य चौकी, पुनर्वासको त्रिभुवन स्वास्थ्य चौकी र १० शैयाका लागि लालझाँडीको शंकरपुर स्वास्थ्य चौकी रहेका छन् ।
यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाको आलिताल स्वास्थ्य चौकी र अजयमेरु गाउँपालिकाको भद्रपुर स्वास्थ्य चौकी १० शैया अस्पताल निर्माणका लागि स्तरोन्नतीमा परेका छन् ।
यस्तै डोटीमा १५ शैया अस्पताल निर्माणका लागि शिखर नगरपालिकाको पचनाली स्वास्थ्य चौकी परेको छ । यस्तै, १० शैया अस्पतालका लागि केआइसिंह गाउँपालिकाको दुर्गामाण्डौ स्वास्थ्य चौकी, पुर्वीचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकी, बडिकेदार गाउँपालिकाको खडेली स्वास्थ्य चौकी, सायल गाउँपालिकाको डाड स्वास्थ्य चौकी रहेका छन् ।