अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न प्रयोगशालामा ६ सय ६३ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएकोे परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जसमा कैलालीको गोदावरी नगरपालिकाका ७ जना , धनगढी उपमहानगरपालिकाका २१ जना , भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरि कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एक एक जना रहेका छन् ।
उता जिल्ला अस्पताल डोटी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । उनका अनुसार अछामको तुर्माखाद र बान्नीगढीका दुईरदुई र डोटीको केआईसिहका एक जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङ प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा केदास्यु गाउँपालिकाका तीन जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका दुई÷दुई जना र थलारा गाउँपालिकाका दुई जना रहेका छन् । यो संगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ८ हजार एक सय ११ पुगेको छ भने ६ हजार ७ सय दुई जनाले कोरोना जितेका छन् ।