अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाड मालाखेतीमा आजवाट गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिका युवा ब्यबसायीहरुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सांसद चुन कुमारी चौधरी र गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले ब्याटमिन्टन खेल्दै उद्घाटन गरेका हुन् ।
मालाखेतीका अगुवा समाजसेवी राजु भट्टराईको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रदेश सांसद चौधरी प्रमुख अतिथी रहनु भएको थियो भने उप प्रमुख कडायत बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद चौधरीले कोरोना कहरका कारण खेलकुद गतिबिधिहरु ६ महिनादेखी ठप्प हुदाँ धेरै खेलाडीहरुमा निराश छाएका बेला सामान्य तरिकावाट खुल्ला ब्याटमिन्टन प्रतियोगिता आयोजना अत्यन्तै राम्रो रहेको बताइन् । उनले अहिले सरकारले खेलकुदका गतिबिधिहरु नगर्न भनेपनि यस्ता खाले भिडभाड नहुने प्रतियोगिता आयोजना गर्दा मानिसहरुको शारिरिक अभ्यास हुने र कोरोनालाई परास्त गर्न सकिने बताइन् ।
उनले खेलकुदका माध्यामवाटै धेरै देशहरुले विश्व सामु आफ्ना नाम उच्च बनाउन सफल भएकाले यस्ता खालका प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादन गर्नुका साथै पुराना खेलाडीमा खेलप्रतिको आर्कषण बढ्दै जाने बताइन् । यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी उप प्रमुख रत्ना कडायतले सबैले बढी रुचाउने र गाउँघरमा बढी खेलिने ब्याटमिन्टन पछिल्लो समय लोप हुन थालेको अबस्थामा यसरी प्रतियोगिताको आयोजना गर्दा ब्याटमिन्टन तर्फका खेलाडीहरुका लागि सफल रहने बताइन् ।
उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएकामा अझ बढी खेलकुद क्षेत्रमा आबद्ध खेलाडीहरु मारमा परेको बताए ।
'अहिले खेलकुदका गतिबिधि हुन पाएका छैन हाम्रा खेलाडीहरु जसले राम्रो गर्दै थिए तर यो कोरोनाले सबैले घर भित्र बस्न बाध्य परिदियो उनले भनिन् - 'तर पनि तपाई खेलाडीहरुले निराश हुनुपर्ने अबस्था छैन , अब बिस्तारै संक्रमण कम भएपछि यस्ता प्रतियोगिताको आयोजना गर्दै जादाँ बिचमा ग्याप रहेको कृयकलापहरु अगाढी बढाउने मौका पाइन्छ । उनले अहिले नगरपालिकाले पनि खेलकुद क्षेत्रलाई पनि अन्य जस्तै प्राथमिकतामै राखेकाले नगरपालिकावाट गर्नुपर्ने सहयोग आफु गर्न तयार रहेको बताइन् ।'
कार्यक्रममा आयोजक युवा समुहले प्रदेश सांसद र उप प्रमुखलाई पछिल्लो समय यहाँका स्थानियहरुको ब्याटमिन्टन, बास्केटबल र टेबल टेनिस तर्फ आकर्षण बढ्दै गएको र नियमित खेलहरु भैरहेकाले चौकिडाडामा खेलकुद कोर्टहरु निर्माण गनुपर्ने आवश्यकता देखिएकाले एभरेष्ट क्लबका तर्फवाट प्रपोजल दिएका थिए । यसका लागि धेरै जमिनको पनि आवश्यकता नपर्ने र सामुदायिक बनले खेलकुदाका गतिबिधि गर्नका लागि जग्गा उपलब्ध गराउन भनेकाले आवश्यक संरचनाका लागि पहल गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
आज र भोली दुई दिन सम्म चल्ने खुल्ला ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार ५ सय प्राप्त गर्ने युबा समुहका सदस्य छत्र रोकायाले बताए । कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष मोहन खत्री , ब्याटमिन्टन खेल तर्फ अण्डर १९ को राष्टिय टिममा टप ७ मा पर्न सफल खेलाडी प्रिन्स दाहाल , ईप्रका मालाखेतीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशी , माउन्ट एभरेष्ट क्लब युवा क्लबका अध्यक्ष बेद प्रकार पाण्डेलगाएतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कैलाली , कञ्चनपुर सहित देशका बिभिन्न ठाउँवाट २८ वटा टिमको सहभागिता रहेको उनले जानकारी दिए । लामो समयको लकडाउनले युबाहरुमा निराशा नहोस भनेर खेल तिर आकर्षित गराउन प्रतियोगिताको आयोजना गरिएको आयोजनले बताएको छ । अत्तरियाका युवा ब्यबसायी आयोजकका सदस्य हरि भट्टराईले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन युवा ब्यबसायी गणेश महराले गरेका थिए ।